• http://www.asianlife.com.np/

Menu

परिचय

 

 एशियन लाईफ इन्स्योरेन्स कम्पनी लि. बीमा ऐन २०४९ अर्न्तर्गत बीमा समितिबाट २०६४ फागुन १५ गते बीमकको रुपमा इजाजतपत्र प्राप्त गरी २०६४ चैत्र २१ गतेदेखि संचालनमा आएको छ । एशियन लाईफ इन्स्योरेन्स कम्पनी जीवन बीमा व्यवसायमा ६ वर्षपछि बीमा समितिबाट जीवन बीमा गर्ने बीमकको रुपमा काम गर्न इजाजतपत्र प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी हो ।

कम्पनीको अधिकृत पुँजी रु २०० करोड रहेको छ । जसमध्ये रु 
१ अर्ब २५ करोड ६७ लाख चुक्ता भइसकेको छ । जसमध्ये संस्थापकहरुबाट ७०% र कम्पनीका कर्मचारी लगायत सर्वसाधारण नेपालीहरुबाट ३०% गरी पुरा गरिएको छ ।

कम्पनीमा ९३ जना संस्थापक शेयरधनीहरु मध्ये २ संस्थागत संस्थापक शेयरधनीहरु र ९१ जना व्यक्तिगत संस्थापक शेयरधनीहरु रहेका छन् । संस्थागत संस्थापक शेयरधनीहरुमध्ये नेपालका प्रसिद्ध फाइनान्स कम्पनी तथा विकाश बैंकहरु रहेका छन् ।

संस्थागत संस्थापक शेयरधनीहरु :

  • महालक्ष्मी विकास बैंक
  • गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स लिमिटेड, ललितपुर


संचालक समितिका सदस्यहरु र अन्य व्यक्तिगत लगानीकर्ताहरु अन्य पेशा तथा व्यवसाय जस्तै : बैंकहरु बीमा कम्पनीहरु, बित्तीय संस्थाहरु, प्राइभेट संस्थाहरु आदिमा नेतृत्वदायी भुमिका निर्वाह गरिसकेका कुशल व्यक्तिहरु रहेका छन् । केही शेयरधनीहरु सरकारी सेवामा उच्च तहमा काम गरिसकेका व्यक्तिहरु रहेका छन् ।

कम्पनीको स्थापनाकाल देखिनै कम्पनीले बीमितको सन्तुष्टिलाई बिषेश ध्यान दिदै आएको यस कम्पनी पेशागत तवरबाट बीमा व्यवसाय संचालन गर्न र सबै किसिमका ग्राहक वर्गहरुलाई उचित तवरले व्यवहार गर्न तथा उच्चतम सेवा प्रदान गर्न आवश्यक आधुनिक प्रविधियुक्त रहेको छ ।


यस कम्पनीले जर्मनीको हनोभर रिसँग पूनर्बीमा गरेको छ । उक्त पूनर्बीमक आर्थिक रुपले सवल र अन्तराष्ट्रिय स्तरमा परिचित छ ।