
Term Micro Insurance
१)बीमा गर्नेको उमेर
घटीमा १६ बर्ष र बढीमा ६४ बर्ष ननाघेको ।
२) बीमाङ्क रकम
रु.३,००,०००।–
३) बीमा अवधि
घटिमा १ बर्ष र बढिमा १५ बर्ष ।
४) बीमाशुल्क भुक्तानि
एकल बीमाशुल्क ।
५) आवश्यक कागजात
अ. म्यादी लघु जीवन बीमा प्रस्ताव फाराम
नेपाली नागरिकता वा नेपाल सरकारले जारी गरेको उमेर खुल्ने अन्य कुनै फोटो सहितको कागजातको प्रतिलिपि
७) सुविधा
खण्ड १)
यस बीमालेखको बीमा अवधिभित्र जुनसुकै कारणबाट (बीमालेख अन्तर्गत नपर्ने जोखिमहरु बाहेक) बीमितको मृत्यु/दुर्घटना भएमा बीमकले देहाय बमोजिमको रकम भुक्तानी दिनेछ ।
(क) मृत्यु भएमा : रु. ३,००,०००/–(तीन लाख रुपैयाँ मात्र)
(ख) दाह संस्कार खर्च : रु. १०,०००/– (दश हजार मात्र)
खण्ड २)
यस बीमालेखको बीमा अवधिभित्र दुर्घटनाको कारणवाट बीमितलाई देहाय बमोजिम भएमा :
(क) रु. १,००,०००/– (एक लाख मात्र ) रकम भुक्तानी
अ) स्थायी पूर्ण अशक्तता भएमा, वा
आ) निको नहुने गरी दुवै आँखाको दृष्टि पूर्ण क्षति भएमा, वा
इ) दुवै हातको नाडी वा दुवै खुट्टाको गोली गाँठोको जोर्नी वा सो भन्दा माथि देखि शारीरिक रुपले काम नलाग्ने भएमा, वा
ई) एउटा हातको नाडी वा एउटा खुट्टाको गोली गाँठोको जोर्र्नी वा सो भन्दा माथि देखि शारीरिक रुपले काम नलाग्ने गरि क्षति भएमा र एउटा आँखाको दृष्टि पूर्ण रुपले क्षति भएमा
(ख) रु. ५०,०००/–( पचास हजार मात्र ) रकम भुक्तानी
अ) एउटा आँखाको दृष्टि पूर्ण रुपले क्षति भएमा, वा
आ) एउटा हातको नाडी वा एउटा खुट्टाको गोली गाँठोको जोर्नी वा सो भन्दा माथि देखि शारीरिक रुपले काम नलाग्ने गरी क्षति भएमा, वा
इ) बोल्ने क्षमता पूर्ण रुपले क्षति भएमा वा
ई) दुवै कानको सुन्ने शक्ति पूर्ण रुपले क्षति भएमा
उ) एउटा कानको सुन्ने शक्ति पूर्ण रुपले क्षति भएमा रु. २०,०००/–(बीस हजार मात्र)
ऊ) हातको बुढी औंलाको पूर्ण रुपले क्षति भएमा रु. २०,०००/–(बीस हजार मात्र)
ए) हातको चोरी औंलाको पूर्ण रुपले क्षति भएमा रु. १५,०००/– (पन्ध्र हजार मात्र)
ऐ) हातको अरु कुनै औंलाको पूर्ण रुपले क्षति भएमा रु. ७,०००/– (सात हजार) प्रति औंला ।
ओ) खुट्टाको बुढी औंलाको पूर्ण रुपले क्षति भएमा रु. ५,०००/–(पाँच हजार) प्रति औंला ।
औं) खुट्टाको अरु कुनै औंलाको पूर्ण रुपले क्षति भएमा रु. ४,०००/–(चार हजार) प्रति औंला ।
खण्ड (२) उल्लिखित घटनाहरु मध्ये एक भन्दा बढि घटना भएमा बीमकको दायित्व प्रत्येक घटनाको लागि निर्धारित रकमको योगफल बराबर हुनेछ
तर बीमकले भुक्तानी गर्ने रकम रु. १,००,०००/– (एक लाख) भन्दा बढि हुने छैन । (दाह संस्कार खर्च बाहेक)