
महाभुकम्पबाट पिडितलाई पहिलो मृत्यु दावीभुक्तानी
यस एशियन लाइफ इन्स्योरेन्स कं।लि।द्वारा २०७१।०१।१२ गते गएको विनाशकारी महाभुकम्पमा परी मृत्यु हुनु भएका माङ्गखा–९ सिन्धुपाल्चोकका बीमित स्वर्गिय उद्धव पराजुली, बीमालेख नं।५२११००१९५९५ र ५२११००१९६१४ को इच्छाएको व्यक्ति श्रीमती सुनिता महतलाई मिति २०७२।०२।०६ गते बीमा समितिका अध्यक्ष प्रा।डा।श्री फत्त बहादुर के।सी।ज्यूबाट रु।११,४०,०००।– को मृत्यु दावी भुक्तानी वापतको चेक हस्तान्तरण गरियो । निज बिमितबाट यस कम्पनीमा रु। २ लाख र रु।३ लाख गरि जम्मा रु।५ लाख बीमाङ्कको बीमा गरि हाल सम्म बीमाशुल्क वापतकोरकम रु।१,११,५९६।– मात्र भुक्तानी प्राप्त भएको थियो । सोहि अवसरमा थाङ्कपालधाप–६, सिन्धुपाल्चोक निवासी अर्का बीमित श्री सिता श्रेष्ठको बीमालेख नं।५२०८००००२६० कोइच्छाएको व्यक्ति निजका बुवा श्री बलराम श्रेष्ठलाई मिति २०७२।०२।०६ गतेमृत्यु दावी वापत रु।१,१३,०००।–को चेक समेत बीमा समितिका अध्यक्ष प्रा।डा।श्री फत्त बहादुर के।सी।ज्यूबाट हस्तान्तरण गरिएको थियो ।निज बिमितबाट यस कम्पनीमा रु। ५० हजार बीमाङ्कको बीमा गरि हाल सम्म बीमाशुल्क वापतको किस्ता रकम रु।२४,३३२।– मात्र भुक्तानी प्राप्त भएको थियो । उपरोक्त दावीहरु न्युनतम कागजातको आधारमा कम्पनीमा दावी भुक्तानीको लागि प्राप्त भएकोे १ घण्टा भित्र सरल र सहज तरिकाबाट दावी रकम भुक्तानी गरिएको थियो ।