Maitidevi - 30, Kathmandu
+977-1-4510115 / 4530270
asianlife@asianlife.com.np
Login

Endowment Micro Life Insurance Plan

Responsive image

Endowment Micro Life Insurance Plan

Salient Features :

१) लघु जीवन बीमा कसको लागि उपयोगी हुन्छ ?

जीवन बीमा प्राय: सबै मानिसहरुलाई आर्थिक तथा सामाजिक सुरक्षाको लागि आबश्यक पर्दछ । तथापी आर्थिक क्षमताको कारणले गर्दा धेरै मानिसहरुले आफु तथा आफ्नो परिवारको लागि जीवन बीमालेख खरिद गर्न असमर्थ हुन्छन् । लघु जीवन बीमा न्यून आय आर्जन गर्ने व्यक्तिहरुलाई लक्षित गरि बनाइएको एक उपयोगी जीवन बीमा योजना हो ।

२) लघु जीवन बीमाको मुख्य बिशेषता

  1. थोरै बीमाङ्कको बीमा गर्न सकिने ।
  2. थोरै बचतले बीमाशुल्क तिर्न पुग्ने ।
  3. दाबी भुक्तानि सरल प्रकृतीको हुने ।
  4. बीमा गर्न धेरै झन्झट गर्नु नपर्ने ।

३) बीमा गर्नेको उमेर

घटीमा १६ बर्ष र बढीमा ६० बर्ष ननाघेको ।

४) बीमाङ्क रकम

घटीमा रु.१०,०००।– र बढीमा रु.१,००,०००।– सम्म ।

५) बीमा अवधि

५ बर्ष ।

६) बीमाशुल्क भुक्तानि तरिका

बार्षिक वा अर्ध–बार्षिक वा त्रैमासीक ।

७) आवश्यक कागजात

अ. सावधिक लघु जीवन बीमा प्रस्ताव फाराम
आ. नेपाली नागरिकता वा नेपाल सरकारले जारी गरेको उमेर खुल्ने अन्य कुनै फोटो सहितको कागजातको प्रतिलिपि

८) बीमाशुल्क कति तिर्नु पर्छ ?

सावधिक लघु जीवन बीमा गर्नको लागि धेरै बीमाशुल्क तिर्नु पर्दैन । जस्तै: ३० बर्षको मानिसले रु.२५,०००।– बीमाङ्कको १५ बर्षे सावधिक लघु जीवन बीमा गर्न चाहेमा बार्षिक रु.१,८७५।– भुक्तनि गरे पुग्छ । जसअनुसार दैनिक रु.५।– वा मासिक रु.१५०।– बचत गर्दा रु.२५,०००।– को १५ बर्ष सम्मको लागि बीमा गर्न सकिन्छ । कति उमेरको मानिसको लागि कति बर्षको बीमा गर्न कति बीमाशुल्क लाग्छ भन्ने कुरा पछाडीका पृष्ठमा बीमाशुल्क दर तालीका उल्लेख दिईएको छ

९) सावधिक लघु जीवन बीमालेखले प्रदान गर्ने सुबिधा कस्तो छ ?

क) यो बीमालेख कायम रहि बीमा अवधि समाप्ति मिति सम्म बीमालेखधनि (बिमित) जीवित रहेमा बीमाङ्क रकम र सो अवधि सम्ममा बीमालेखले आर्जन गरेको बोनस रकम बीमालेख अवधि समाप्तिमा एकमुष्ट दिइनेछ ।
ख) यो बीमालेख कायम रहेको अवधि भित्र बीमालेखधनि (बिमित) को मृत्यु भएमा बीमाङ्क रकम र सो अवधि सम्ममा बीमालेखले आर्जन गरेको बोनस रकम समेत एकमुष्ट भुक्तानी गरिनेछ ।

१०) नविकरण बीमाशुल्क तिर्न कति दिनको मोहलत अवधि पाइन्छ ?

३० दिन

११) चुक्ता मुल्य, समर्पण मुल्य तथा कर्जाको व्यवस्था

बीमालेख चालु भएको पुरा दुई वर्ष पुगे पछि बीमालेखको चुक्ता मूल्य तथा समर्पण मूल्य प्राप्त हुनेछ र समर्पण मूल्यको ९० प्रतिशत सम्म कर्जा उपलब्ध हुनेछ ।

१२) लघु बीमाको लागि सम्पर्क

लघु जीवन बीमाको लागि कम्पनीका “लघु बीमा अभिकर्ता” वा कम्पनीका शाखा तथा उपशाखाहरु

  • Term Micro Insurance Salient Features: This Policy will acquire paid-up value or surrender value This policy will be eligible for loan This policy will have maturity value This....
  • Endowment Micro Life Insurance Plan Salient Features : This policy will acquire paid-up value or surrender value. This policy will be eligible for loan This Policy will have maturity value This....