
एसिएन नव रत्न जीवन वीमा योजना
“नवरत्न”(सीमित भुक्तानी सावधिक)
जीवन बीमा योजनाका मुख्य विशेषताहरु:
१.मुनाफामा सरिक हुने/नहुने : यो जीवन बीमा मुनाफामा सरिक हुनेछ ।
२. न्यूनतम प्रवेश उमेर : ११ वर्ष (१६ बर्ष मुनिका नाबालकको हकमा एकल बीमाशुल्क भुक्तानी हुने गरी बीमालेख जारी गरिने छैन )
३. अधिकतम प्रवेश उमेर : ६५ बर्ष
४.अधिकतम बीमा समाप्ति उमेर : ७० वर्ष
५. बीमा अवधि : ५,१०,१५,२०,२५ वा ३० वर्ष
६. बीमाशुल्क भुक्तानी अवधि :
बीमा अवधि अनुसार बीमाशुल्क भुक्तानी अवधि देहाय बमोजिम हुनेछ :
बीमा अवधि | बीमाशुल्क भुक्तानी अवधि |
---|---|
५ वर्ष | १ (एकल) |
१० वर्ष | १ वा ५ वर्ष |
१५ वर्ष | १, ५ वा १० वर्ष |
२० वर्ष | १,५,१० वा १५ वर्ष |
२५ वर्ष | १,५,१०,१५ वा २० वर्ष |
३० वर्ष | १,५,१०,१५,२० वा २५ वर्ष |
७.न्यूनतम बीमाङ्क : रु ५०,०००/–
८.अधिकतम बीमाङ्क : प्रस्तावकको आर्थिक स्थितिको आधारमा गरिनेछ ।
९.बीमाशुल्क भुक्तानी गर्ने तरिका : एकल, वार्षिक, अर्धवार्षिक र त्रैमाशिक, तलब बचत योजना(SSS)र मासिक
१०. बीमाङ्क रकमको आधारमा बीमाशुल्क दरमा निम्न बमोजिम थप/छुट गरिनेछ ।
ठूलो बिमाङ्कमा छुट:
Sum Assured | Rebate |
---|---|
रु. १,००,००० देखि १,९९,००० सम्म | रु.१ प्रतिहजार छुट |
रु. २,००,००० देखि माथि | रु.२ प्रतिहजार छुट |
११. बीमाशुल्क भुक्तानी तरिकाको आधारमा निम्न बमोजिम बीमाशुल्क थप/छुट गरिने छ ।
१.वार्षिक बीमाशुल्क भुक्तानी गर्दा २ प्रतिशत छुट गरिने छ ।
२.अर्ध–वार्षिक बीमाशुल्क भुक्तानी गर्दा १ प्रतिशत छुट गरिने छ ।
३.त्रैमासिक एवं तलब बचत योजना(SSS) बीमाशुल्क भुक्तानी गर्दा छुट/थप छैन ।
४.मासिक बीमाशुल्क भुक्तानी गर्दा थप ५ प्रतिशत ।
१२. रकम भुक्तानी दिइने अवस्था:
बीमा समाप्ती मितिसम्म बीमित जीवित रहेमा वा बीमा समाप्ती मिति अगावै बीमितको मुत्यु भएमा बीमाङ्क रकम र नियमानुसारको बोनस एकमुष्ट भुक्तानी दिइने छ ।
१३. यस योजनामा निम्नानुसार ऐच्छिक सुविधाहरुको व्यवस्था गरिएको छ ः
क) दुर्घटना मृत्यु लाभ (ADB) वा,
ख) दुर्घटना मृत्यु लाभ र अपाङ्ग/अशक्त सुविधा(ADB+PTD) वा,
ग) दुर्घटना मृत्यु लाभ, अपाङ्ग/अशक्त सुविधा र बीमाशुल्क छुट सुविधा (ADB+PTD+PWB)
यस योजना अन्तर्गत बीमाशुल्क छुट सुविधा, अपाङ्ग/अशक्त सुविधा तथा दुर्घटना मृत्यु लाभ सुविधा समावेश गर्न सकिनेछ ।
१६ वर्ष उमेर नपुगेका बीमितहरुको हकमा, १६ वर्ष पूरा भए पश्चात मात्र बीमितको लिखित अनुरोधमा आवश्यक शुल्क लिई उपरोक्त बमोजिमको ऐच्छिक सुविधाहरु उपलब्ध गराउन सकिने छ।