जीवन बीमाबारे सामान्य जिज्ञासाहरु :

१.जीवन बीमा भनेको के हो?
बीमा ऐन २०४९ का अनुसार जीवन बीमा व्यवसाय भन्नाले बीमा शुल्क भुक्तानी गरेको बीमितलाई तोकिएको अवस्थामा जीवित रहे वा मृत्यु भएमा बीमकले निश्चित रकम क्षतिपूर्तीवापत प्रदान गर्ने गरी दुईपक्षबीच हुने करारलाई भनिन्छ ।

जीवन बीमाका फाइदाः
जीवन बीमाले मनमा शान्ति दिलाउँछ ।
यसले आर्थिक परनिर्भरता हटाउँछ ।
यसले बचतलाई प्रोत्साहित गर्छ ।
जीवन बीमाले कुनैपनि व्यक्तिको निम्न लिखित आवश्यक्ताहरु पुरा गर्न मद्दत पु¥याउँछ:

पारिवारिक आवश्यक्ताः
जीवन बीमाले परिवारको भरणपोषण गर्नुपर्ने जिम्मेवारी बोकेका व्यक्तिका लागी बहुमूल्य आर्थिक लाभ पु¥याउँछ । आफ्नो अनुपस्थिति(अप्रत्याशित निधन)मा समेत आर्थिक सुरक्षा प्रदान गर्नेछ भन्ने भरोशा दिलाउँछ ।
जीवनशैली कायम राख्न :
बेरोजगारी, दुर्घटना, अपाङ्गता वा मृत्यु भएको अवस्थामा समेत यसले आर्थिक श्रोत जुटाएर जीवनशैलीलाई निरन्तरता दिन सहयोग पु¥याउँछ ।

वृद्धावस्थाको आवश्यक्ताः
वृद्धावस्थामा(अवकाशपछिको अवस्था) समेत निरन्तर आर्थिक आर्जन््का लागी जीवन बीमा आवश्यक छ ।

बचत तथा आर्थिक सुरक्षाको सुनिश्चितताः
अहिले जारी भइरहेका अधिकांश बीमा योजनाले बचत सँगसँगै आर्थिक सुरक्षाको समेत सुनिश्चितता गरेको हुन्छ । यी बीमा योजनाहरुले निधनपछिको अवस्थामा परिवारका आश्रितहरुका लागी मात्र आर्थिक सुरक्षाको सुनिश्चितता गर्ने नभई आर्थिकरुपमा आत्मनिर्भरताको अवस्था सिर्जना गरेर अवकाशपछिको उमेरमा समेत चिन्तामुक्त जीवनयापनका लागी मद्दत गर्छ ।

२) के जीवन बीमा सबैका लागी आवश्यक छ ?
हो आवश्यक छ । हामी सबैलाई थाहा छ, भविष्य अनिश्चित छ र जीवनमा कुनैपनि समयमा अप्रत्याशित जोखिमहरुको सामना गर्नुपर्ने अवस्था आउन सक्छ । जीवन अमूल्य छ,त्यसैले जीवन बीमाको माध्यमबाट जीवनको हरेक अवस्थामा सुनिश्चित रहन सकिन्छ । हामीले जोखिमहरुलाई पूर्णरुपमा निर्मूल गर्न वा नियन्त्रण गर्न सक्दैनौं तर पनि यसबाट हुने क्षतिलाई न्यूनिकरण भने अवश्य गर्न सकिन्छ ।
आर्थिक जोखिमलाई न्यूनीकरण गर्न र आर्थिक सुरक्षा सुनिश्चितताका लागी जीवन बीमा एकमात्र सम्भव उपाय हो ।

३.कति रकमसम्मको जीवन बीमा मेरो लागी उपयुक्त छ ?
मानिसको जीवन अमूल्य छ । कसैले पनि जीवनको मूल्य रुपैयाँमा आंकलन गर्न सक्दैन । जीवन बीमाको बीमाङ्क रकम तपाईको आर्थिक अवस्थामा भर पर्छ ।

बीमाङ्क रकम तय गर्नका लागी तपाईले सर्वप्रथम् निम्न पक्षहरुमा ध्यान दिनुपर्छ :

मेरो अनुपस्थितिमा मेरो परिवारले कतिको आर्थिक भार व्यहोर्नुपर्नेछ ?
मेरो छोराछोरीको शिक्षा, विवाह र उनीहरु स्वरोजगार हुने अवस्थामा नपुगुन्जेलको आर्थिक सुरक्षा कसरी सुनिश्चित हुनसक्छ ?
मेरो अवकाशपछि वृद्धावस्थामा मैले कसरी आफ््नो आवश्यक्ताहरु पुरा गर्नसक्छु ?

अतः जीवन बीमाको रकम अनुमान गर्ने सहज विधी भनेको तपाईले आय क्षमता गुमाउनुपर्दाको अवस्थाका लागी पहिले देखि नै वैकल्पिक व्यवस्था गर्ने ।

४. जीवन बीमाका सम्बन्धमा थप जानकारी कहाँबाट प्राप्त गर्न सकिन्छ ?
जीवन बीमाका सम्बन्धमा थप जानकारी प्राप्त गर्न तपाईले निम्न स्थान वा व्यक्तिसँग सम्पर्क गर्न सक्नुहुन्छः
• एशियन लाईफ इन्स्योरेन्स कं. लि.का अभिकर्ता जसले तपाईको आवश्यक्तालाई सहजरुपमा बुझ्न र तपाईका लागी उपयुक्त बीमा योजना छनौटमा सहयोग पुयाउन सक्छन् ।
• एशियन लाईफ इन्स्योरेन्स कं. लि.को शाखा तथा उपशाखा कार्यालयहरु

५.मैले एशियन लाईफ इन्स्योरेन्स कम्पनी लि.बाट कसरी जीवन बीमा गराउन सक्छु ?
हामीसँग जीवन बीमा गर्न निक्कै सहज छ । तपाईले हाम्रा कुनैपनि जीवन बीमा अभिकर्ता वा देशैभर छरिएर रहेका शाखा,उपशाखामध्ये तपाईलाई पायक पर्ने जुनसुकै स्थानबाट जीवन बीमा गराउन सक्नुहुनेछ ।

६. मैले कति बीमाशुल्क भुक्तानी गर्नुपर्छ ?
तपाईको उमेर, रोजगारी, स्वास्थ्य अवस्था, बीमाङ्क, बीमाशुल्क भुक्तानी तरिका र सम्बन्धित अन्य पक्षलाई समेत विचार गरेर बीमाशुल्क निर्धारण गरिन्छ । त्यसपछि वार्षिक, अद्र्धवार्षिक, त्रैमासिक वा मासिकरुपमा, बीमालेखमा उल्लेख भए अनुसार, बीमाशुल्क भुक्तान गर्नुपर्ने अन्तिम मिति वा बीमा अवधी पुरा हुनु अगावै बीमितको मृत्यु भएसम्म भुक्तानी गर्नुपर्नेछ ।

७. मैले बीमाशुल्क कुन ठाउँमा भुक्तानी गर्नसक्छु ?
तपाईले एशियन लाईफ इन्स्योरेन्सको जुनसुकै शाखा वा उपशाखाबाट बीमा शुल्क भुक्तानी गर्न सक्नुहुन्छ ।

८.एशियन लाईफ इन्स्योरेन्सका शाखा, उपशाखा कार्यालयहरुमा कुन–कुन सेवा सुविधा उपलब्ध छन् ?
नयाँ बीमालेख जारी गर्ने
बीमा शुल्क संकलन गर्ने
बीमालेखको धितोमा कर्जा दिने
बीमाको मृत्यु दाबी, मासिक आम्दानी लाभ, पूर्णावधी बीमा दाबी भुक्तानी
बीमालेख समर्पणको भुक्तानी
बीमालेखसँग आवश्यक अन्य सेवा ।
बीमा अभिकर्ता प्रशिक्षण ।
यसका साथै शाखा उपशाखा कार्यालयहरुबाट तपाईले जीवन बीमा योजनाहरु, कम्पनीका अन्य सेवाहरुबारे समेत जानकारी लिन सक्नुहुनेछ।

९.एशियन लाईफ इन्स्योरेन्सले कस्ता बीमा योजनाहरु जारी गर्छ ?

१) एशियन सावधिक जीवन बीमा, दुर्घटना लाभ सहित
२) १२ वर्षे अग्रिम भुक्तानी, दुर्घटना लाभ सहित
३) १५ वर्षे अग्रिम भुक्तानी, दुर्घटना लाभ सहित
४) १८ वर्षे अग्रिम भुक्तानी, दुर्घटना लाभ सहित
५) २० वर्षे अग्रिम भुक्तानी,दुर्घटना लाभ सहित
६) सुखी जीवन(सावधिक र आजीवन) जीवन बीमा, दुर्घटना लाभ सहित
७) बाल उमंग(सावधिक) जीवन बीमा योजना
८) बाल भविष्य(सावधिक) जीवन बीमा योजना
९) एशियन पेन्सन(सावधिक)जीवन बीमा, दुर्घटना लाभ सहित
१०) जीवन रत्न (सीमित भुक्तानी सावधिक) जीवन बीमा दुर्घटना लाभ सहित
११)दम्पत्ति सुरक्षा (संयुक्त सावधिक) जीवन बीमा
१२) धन समृद्धि(सीमित अवधि भुक्तानी सावधिक) जीवन बीमा योजना
१३) सामूहिक सावधिक जीवन बीमा योजना
१४) सावधिक लघु जीवन बीमा योजना
१५) म्यादी लघु जीवन बीमा योजना
१६) सरल सुरक्षा(म्यादी जीवन बीमा योजना)
१७) जन कल्याण(म्यादी लघु जीवन बीमा योजना)
१८) नवरत्न जीवन बीमा योजना
१९) जीवन संजीवनी(अग्रिम भुक्तानी सावधिक र आजीवन)
२०) क्रिटिकल केयर(१८ घातक रोगविरुद्धको पूरक करार)

१०.के मैले इच्छ्याएको व्यक्ति परिवर्तन् गर्न सक्छु ?
अवश्य पनि । तपाईले जीवन बीमा अवधीभित्र कुनैपनि समयमा इच्छयाइएको व्यक्ति परिवर्तन् गर्न सक्नुहुन्छ । यसका लागी तपाईले कम्पनीले तोकेको ढाँचामा आवेदन दिनुपर्ने छ । इच्छाइएको व्यक्ति परिवर्तन् गरिएको सम्बन्धमा कम्पनीले तपाईलाई लिखित सूचना जारी गर्नेछ ।

११. मेरो बीमालेख हराएको अवस्थामा नयाँ कसरी पाउन सकिन्छ ?
तपाईले बीमालेख हराएको अवस्थामा हामी प्रतिलिपी उपलब्ध गराउनेछौं । यसका लागी तपाईले केही प्रकृयाहरु पुरा गर्नुपर्नेछ साथै तोकिएको शुल्क समेत तिर्नुपर्नेछ ।

१२.के मैले बीमाशुल्क भुक्तानीको तरिका परिवर्तन् गर्न सक्छु ?
अवश्य पनि । तपाईले भुक्तानीको तरिका परिवर्तन् सम्बन्धमा कम्पनीले उपलब्ध गराएको ढाँचामा आवेदन दिनुपर्नेछ ।

१३.बीमालेख कसरी व्यतित हुन्छ र यसलाई मैले कसरी पुनर्जागरण गराउनसक्छु ?
बीमितले प्रत्येक पटक बीमा शुल्कको किस्ता बुझाउनुपर्ने मितिदेखि थप ३० दिनको मोहलतसम्ममा पनि बीमाशुल्क बुझाउन नसकेको अवस्थामा बीमालेख व्यतित भएको ठहर्छ । यस्तो अवस्थामा बीमालेखको सबै सुविधाहरुबाट बीमित बञ्चित हुनपुग्छ ।
तपाईको बीमालेख व्यतित भएको छ भने निम्न प्रकृयाबाट पुनर्जागरण गर्न सकिन्छः
• स्वास्थ्य विवरण फारम भर्ने ।
• बाँकी रहेको बीमाशुल्क तथा ब्याज हर्जाना भुक्तानी गर्ने । अद्र्धवार्षिक ९ प्रतिशतका दरले ब्याज लाग्छ ।
• व्यतित बीमालेख पुनर्जागरण गर्ने वा नगर्ने सम्बन्धमा निर्णय लिने अधिकार कम्पनीमा निहित रहनेछ ।

१४. बीमा दाबी भुक्तानीका लागी प्रकृयाहरु के के हुन् ?
बीमा भुक्तानी दाबी दुई प्रकारका हुन्छन् :

पूर्णावधी दाबी भुक्तानी :

पूर्णावधी दाबी भुक्तानीका लागी तपाईले निम्नानुसारको कागजपत्रहरु एशियन लाईफ इन्स्योरेन्सको नजिकको शाखा कार्यालयमा बुझाउनुपर्नेछ ।

  • सक्कल बीमालेखबीमालेख जारी गर्ने समयमा बीमितको जन्ममिति खुल्ने प्रमाण पेश नभएको अवस्थामा दाबी भुक्तानीको समयमा बीमितको जन्ममिति खुल्ने प्रमाण पेश गर्नुपर्नेछ ।
  • बीमा अवधी समाप्तीबारे बीमा कम्पनीले जारी गरेको भौचर

मृत्यु दाबी भुक्तानीः
बीमितको मृत्यु भएको अवस्थामा बीमितको इच्छाइएको व्यक्ति वा हकवालाले निम्नानुसारको कागजप्रमाण पेश गर्नुपर्नेछ:

• दाबी विवरण फारम भर्नुपर्ने ।
• मृत्यु दर्ता प्रमाण पत्र ।
• दुर्घटनाको प्रमाण( जीवन बीमालेखमा समेटिएको जोखिम अन्तर्गत पर्नेगरी कुनै दुर्घटनामा परेर बीमित मृत्यु भएको हो भने मृत्युको कारण      स्पष्ट खुलाइएको मान्यताप्राप्त स्वास्थ्य संस्थाका चिकित्सकको हस्ताक्षरमा जारी गरिएको शव परिक्षण प्रतिवेदन वा यस्तो कुनै कागज प्रमाण      नभएको अवस्थामा प्रहरी प्रतिवेदन)
• बीमित(मृतक)सँगको नाता खुल्ने प्रमाण ।
• बीमितको मृत्यु हुनु अघि उपचार गराइएको प्रमाण ।
• बीमालेख जारी गर्दा बीमितको उमेर खुल्ने प्रमाण पेश नगरिएको भए बीमितको जन्म मिति खुल्ने प्रमाण ।
• सक्कल बीमालेख ।

१५. बीमा दाबी भुक्तानीका सबै प्रकृयाहरु पुरा गरीसकेपछि भुक्तानी प्राप्त गर्न कति समय लाग्छ ?
बीमा निर्देशिका २०५९ को दफा–३१ को उपदफा (४) अनुसार दाबी भुक्तानीका लागी आवश्यक सम्पूर्ण कागज प्रमाण पेश गरिसकेको अवस्थामा कम्पनीले १५ दिनभित्र बीमितलाई भुक्तानी गर्ने दायीत्व(रकम)को निर्धारण गर्नुपर्छ ।

 

१६. मैले बीमालेखमा इच्छाइएको व्यक्ति उल्लेख नगरेको अवस्था वा इच्छाइएको व्यक्तिको मृत्यु भइसकेको अवस्थामा मेरो मृत्युपश्चात् बीमा दाबी भुक्तानीमा कस्को हक लाग्नेछ ?

बीमा ऐन २०४९ अनुसार, कुनैपनि बीमितको मृत्यु बीमा अवधी समाप्ती हुनुपूर्व नै भएको अवस्थामा बीमालेखमा उल्लेखित इच्छाइएको व्यक्तिले बीमा रकम भुक्तानी पाउनेछ । इच्छाइएको व्यक्तिको नाम उल्लेख नभएको अवस्था वा इच्छाइएको व्यक्तिको समेत पहिले नै मृत्यु भइसकेको अवस्थामा निम्नलिखित क्रम अनुसार प्राथमिकतामा बीमा रकम भुक्तानी दिइनेछ । एकभन्दा बढी हकवाला भएको अवस्थामा बीमा रकम सबै हकवालाहरुलाई समानुपातिकरुपमा वितरण गरिनेछ ।
(क) सगोलको पति वा पत्नी,
(ख) सगोलको छोरा, छोरी, विधवा छोरा बुहारी,
(ग) सगोलको बाबु आमा, (विवाहिता महिलाको हकमा सासू ससुरा),
(घ) आपैmले पालनपोषण गर्नु पर्ने बाजे बज्यै र छोरापट्टिको नाति, नातिनी,
(ङ) भिन्न बसेको पति पत्नी,
(च) भिन्न बसेको अविवाहिता छोरी, छोरा, विधवा छोराबुहारी,
(छ) भिन्न बसेका बाबु आमा,
(ज) सगोलको सौतेनी आमा,
(झ) सगोलको सौतेनी छोरा छोरी,
(ञ) सगोलको दाजु भाइ, दिदी बहिनी,
(ट) विवाहिता महिलाको हकमा भिन्न बसेका सासू ससुरा,
(ठ) भिन्न बसेका छोरापट्टिको नाति, अविवाहिता नातिनी,
(ड) भिन्न बसेको सौतेनी आमा,
(ढ) भिन्न बसेका सौतेनी छोरा, अविवाहिता सौतेनी छोरी,
(ण) विवाहिता महिलाको हकमा सगोलको जेठाजु, जेठानी, देवर, देवरानी,
(त) सगोलको भतिजा, भतिजी,
(थ) सगोलको काका, विधवा काकी, भाउजू, भाइ बुहारी,
(द) भिन्न बसेका दाजु भाइ, दिदी बहिनी,
(ध) भिन्न बसेका बाजे, बज्यै, नातिनी बुहारी, भतिजा, भतिजी,
(न) बीमितसँग अन्तिम अवस्थासम्म सँगै बसी निजको हेरचाह गर्ने व्यक्ति ।