विशेषताहरु
१. बीमा योजनाको नाम ः एयिशन कर्जा सुरक्षा(म्यादी) लघु जीवन बीमा योजना
२. मुनाफामा सरिक हुने/नहुने ः यो जीवन बीमा मुनाफामा सरिक हुनेछैन ।
३. न्यूनतम प्रवेश उमेर ः १८ वर्ष
४. अधिकतम प्रवेश उमेर ः ६४ वर्ष सम्म
५. अधिकतम बीमा समाप्ति उमेर ः ६५ वर्ष
६. बीमाशुल्क भुक्तानी गर्ने तरिका ः एकल
७. न्यूनतम बीमाशुल्क भुक्तानी अवधि ः १ वर्ष
८. अधिकतम बीमाशुल्क भुक्तानी अवधि ः १५ वर्ष
९. न्यूनतम बीमाङ्क ः रु १०,०००/–
१०. अधिकत्तम बीमाङ्कः ः रु. २० लाख
११. यस बीमा योजना अन्तर्गत वित्तिय संस्थाहरु जस्तै बैंक,फाइनान्स कम्पनी, लघुवित्त तथा सहकारी संस्थाहरुबाट कर्जा लिएका व्यक्तिहरुको बीमा गरिने हुँदा यसले एकतर्फ वित्तिय संस्थाले प्रदान गर्ने कर्जा सुरक्षित हुनेछ भने अर्कोतर्फ कर्जा लिने ऋणीको मृत्यु भएमा निजको परिवारमा पर्न जाने आर्थिक भारलाई कम गरी बीमित तथा निजको परिवारलाई आर्थिक सुरक्षा प्रदान गर्नेछ । अ क
१२. रकम भुक्तानी दिइने अवस्था ः
क. बीमा अवधिभित्र ;
१) कालगतीबाट बीमितको मृत्यु भएमा बीमाङ्क रकम र देहाय बमोजिमको दाह संस्कार खर्च एकमुष्ठ भुक्तानी दिइने छ ।
“दाह संस्कार खर्च”ःबीमाङ्कको २५ प्रतिशत वा रु. ३०,०००।– जुन कम हुन्छ सो बराबर रकम प्रदान गरिनेछ ।
अ) दुर्घटनाको कारण बीमितको मृत्यु भएमा बीमाङ्कको दुई गुणा रकम प्रदान गरिनेछ ।
आ) दुर्घटनाको कारणले देहाय बमोजिम बीमितको पूर्ण स्थायी अंगभंग भएमा बीमाङ्क रकम भुक्तानी दिइनेछः
२) बीमा अवधीभित्र दुर्घटनाको कारणले देहाय बमोजिम बीमतिको आंशिक स्थायी अंगभंग भएमा बीमाङ्कको ५०(पचास) प्रतिशत रकम भुक्तानी दिइनेछः