१०.रकम भुक्तानी दिइने अवस्थाः
१) बीमाशुल्क भुक्तानी अवधिसम्म बीमित जीवित रहेमा र बीमालेख अन्तर्गत भुक्तानी गर्नुपर्ने सम्पूर्ण बीमाशुल्क किस्ताहरु बीमकलाई प्राप्त भएमा यस बीमालेखको शर्तहरुको अधिनमा रही देहाय बमोजिम भुक्तानी गरिनेछः
कः एकमुष्ठ लाभः बीमा प्रारम्भ मितिले १२(बाह्र) वर्ष पुरा भएको वर्ष दिवसमा देहाय बमोजिमको एकमुष्ठ लाभ भुक्तानी दिइनेछः
| उमेर समूह (बीमा गर्दा को समय) | वार्षिक बीमाशुल्क | ||
|---|---|---|---|
| उमेर समूह | रु. १ लाख ५० हजारसम्म (वार्षिक बीमाशुल्कको*) | रु. १ लाख ५० हजार भन्दा माथि देखि रु. ३ लाखसम्म | रु. ३ लाखभन्दा माथि |
| १८ देखि ३० वर्ष | ५०%* | ६०%* | ७५%* |
| ३१ देखि ४० वर्ष | २५%* | ३०%* | ३८%* |
| ४१ देखि ५३ वर्ष | १०%* | १२%* | १५%* |
१२. बीमालेख अन्तर्गत नपर्ने जोखिमहरु: यदी बीमितको मृत्यु प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा निम्न लिखित जुन सुकै कारणबाट भएपनि बीमालेख अन्तर्गत तिरिने रकम अनुसूचीमा उल्लेख गरेको बीमाङ्क बमोजिम नभई बीमालेखको कुनै चुक्ता मूल्य रहेछ भने सो मात्र भुक्तानी हुनेछ ।
उपरोक्त जोखिमहरु बाहेक यस बीमालेखले विदेशमा प्रवास, यात्रा वा पेशा गर्न कुनै बाधा पुर्याउने छैन ।