विशेषताहरु
१. जोखिम प्रारम्भ ः क) बीमा प्रारम्भ भएको मितिले २ वर्ष पछि वा बीमित बालबालिकाको उमेर ६ वर्ष पुरा भएपछि; यी २ घटना मध्ये जुन पछि घट्छ ।
ख) बीमित नाबालकको उमेर ९ वर्षदेखि माथि १२ वर्ष सम्मको हकमा बीमा प्रारम्भ मितिले १ वर्ष पछि ।
ग) बीमित नाबालकको उमेर १२ वर्ष देखि माथिको हकमा बीमा प्रारम्भ मिति देखि ।
२. बीमाशुल्क भुक्तानीको लागि प्रयोग गरिने फ्याक्टरहरु (Factors):
| बीमाशुल्क भुक्तानी तरिका | फ्याक्टर |
| वाार्षिक | १.००० |
| अद्र्ध बार्षिक | १.०२० |
| त्रैमासिक | १.०३५ |
३. ठूलो बीमाङ्कमा छुट
| बीमाङ्क | छुट |
| बीमाङ्क रु.६,०१,०००/– देखि रु.९,९९,०००/– सम्म | रु.०.५० प्रति हजार |
| बीमाङ्क रु. १०,००,०००÷– देखि माथि | रु.०.७५ प्रति हजार |
४. रकम भुक्तानी दिइने अवस्थाः
(१) बीमा समाप्त मितिसम्म बीमित बालबालिका जिवित रहेमा; बीमाङ्क रकम र नियमानुसारको बोनस एकमुष्ट भुक्तानी दिइनेछ ।
(२) जोखिम प्रारम्भ हुनु अगावै बीमित बालबालिकाको मृत्यु भएमा; बीमकले प्राप्त गरेको अतिरिक्त बीमाशुल्क बाहेक सम्पूर्ण बीमाशुल्क फिर्ता दिईनेछ ।
(३) जोखिम प्रारम्भ भएपछि बीमा अवधि भित्र बीमित बालबालिकाको मृत्यु भएमा; बीमाङ्क रकमको पच्चीस प्रतिशत र आर्जित बोनस वा भुक्तानी भएको बीमाशुल्क (अतिरिक्त बीमाशुल्क बाहेक) मध्ये जुन रकम बढी हुन्छ, सो रकम भुक्तानी दिइनेछ र बीमालेख स्वतः अन्त्य हुनेछ ।
(४) बीमा अवधि भित्र प्रस्तावकको मृत्यु भएमा;
क) बाँकी अवधिको बीमाशुल्क मिनाहा हुनेछ ।
ख) बीमित बालबालिकाको उमेर १८ वर्ष नलागे सम्म बीमाङ्कको १ प्रतिशत रकम मासिक आय सुविधा वापत प्रदान गरिनेछ ।
(५) बीमा अवधि भित्र बीमित बालबालिका तथा प्रस्तावकको एकै साथ मृत्यु भएमा;
(क) प्रस्तावकको मृत्यु वापत बीमाङ्क रकम र आर्जित बोनस भुक्तानी दिइनेछ ।
(ख) बीमित बालबालिकाको मृत्यु वापत बीमाङ्क रकमको पच्चीस प्रतिशत रकम भुक्तानी दिइनेछ ।
(६) बीमा अवधि भित्र प्रस्तावकको मृत्यु भएपश्चात बीमित बालबालिकाको समेत मृत्यु भएमा;
बीमाङ्क रकमको पच्चीस प्रतिशत र आर्जित बोनस वा भुक्तानी भएको बीमाशुल्क (अतिरिक्त बीमाशुल्क बाहेक) मध्ये जुन रकम बढी हुन्छ सो रकम भुक्तानी दिइनेछ र बीमालेख स्वतः अन्त्य हुनेछ ।
५. बीमालेख अन्तर्गत नपर्ने जोखिमहरु:
यदी बीमित/प्रस्तावकको मृत्यु प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा निम्न लिखित कारणबाट भएमा बीमालेख अन्तर्गत कुनै चुक्ता मूल्य रहेछ भने सो मात्र भुक्तानी हुनेछ ।
क) प्रचलित कानून बमोजिम अनुमति प्राप्त हवाई सेवाद्वारा संचालित नियमित मार्गमा यात्रु भई उडान गर्दा बाहेक अन्य उडान गर्दा ।
ख) कानूनको बर्खिलाप हुने गरी कुनै युद्ध जस्ता कार्य (युद्ध घोषित होस् या नहोस्) मा संलग्न भएमा ।
ग) नागरिक वा जंगी ऐन भंग गरेमा ।
घ) मगज बिग्रेको होस् या नहोस्, बीमा प्रारम्भ मिति/व्यतित बीमालेख पूनर्जागरण गरेको मितिले दुई वर्ष भित्र वा बीमालेख व्यतित भएको अवस्थामा; बीमित÷प्रस्तावकले आत्महत्या गरेमा अतिरिक्त बीमाशुल्क बाहेक सम्पूर्ण बीमाशुल्क रकम भुक्तानी गरिनेछ । बीमा अवधि भित्र प्रस्तावकले आत्महत्या गरेमा बीमालेख अन्तर्गत बीमाशुल्क मिनाहा र मासिक आय सुविधा प्रदान गरिने छैन ।