Maitidevi - 30, Kathmandu
+977-1-4510115 / 4530270
asianlife@asianlife.com.np

Endowment Policies - दम्पती सुरक्षा प्लस

दम्पती सुरक्षा प्लस

बिशेषताहरु

१.बीमा योजनाको नाम ः     दम्पती सुरक्षा प्लस (संयुक्त सावधिक) जीवन बीमा योजना
२.मुनाफामा सरिक हुने/नहुने:     यो जीवन बीमा मुनाफामा सरिक हुनेछ ।
३.न्यूनतम प्रवेश उमेर  ः     १८ वर्ष  
४.अधिकतम प्रवेश उमेर ः    ६५ वर्ष सम्म
५.अधिकतम बीमा समाप्ति उमेर  ः     ७० वर्ष
६.न्यूनतम बीमाशुल्क भुक्तानी अवधि  ः     ५ वर्ष 
७.अधिकतम बीमाशुल्क भुक्तानी अवधि  ः     ३० वर्ष
८.न्यूनतम बीमाङ्क ः     रु ५०,०००/–
९.अधिकतम बीमाङ्क    ः     प्रस्तावकको आर्थिक स्थितिको आधारमा गरिनेछ ।
१०.बीमाशुल्क भुक्तानी गर्ने तरिका ः     वार्षिक, अर्द्ध वार्षिक र त्रैमाशिक ।
११.बीमाशुल्क भुक्तानी अवधि ः     बीमा अवधि समाप्ती सम्म वा बीमा अवधि भित्र दुई बीमित मध्ये कुनै एकको मृत्यु भएमा सो मिति सम्म ।
१२. बीमाङ्क रकमको आधारमा बीमाशुल्क दरमा निम्न बमोजिम थप/छुट गरिनेछ ।
ठूलो बिमाङ्कमा छुट:

बिमाङ्कछुट
रु. २,००,०००।– सम्म कुनै छुट छैन
रु. २,०१,००० देखि ५,००,००० सम्म  रु.१ प्रतिहजार छुट
रु. ५,०१,००० देखि माथि रु.२ प्रतिहजार छुट

१३. बीमाशुल्क भुक्तानी तरिकाको आधारमा निम्न बमोजिम बीमाशुल्कमा थप÷छुट गरिनेछ ।
१.  वार्षिक बीमाशुल्क भुक्तानी गर्दा ः    २ प्रतिशत छुट 
२. अर्द्ध वार्षिक बीमाशुल्क भुक्तानी गर्दा  ः    १ प्रतिशत थप 
१४.उमेर गणना
श्रीमान् र श्रीमती मध्ये अधिकतम उमेर लाई आधार मानि बीमाशुल्क गणना गरिनेछ । 
१५. रकम भुक्तानी दिइने अवस्था 
यस बीमा योजना अन्तर्गत देहायका अवस्थाहरुमा देहाय बमोजिम भुक्तानी दिइनेछ ः
१. बीमा अवधि भित्र दुईमध्ये एक बीमितको मृत्यु भएमा देहाय बमोजीमको बीमाङ्क र आर्जित बोनस । 
           क) बीमा प्रारम्भ भएको मितिले ५ वर्ष भित्र मृत्यु भएमा, बीमाङ्कको १०० प्रतिशत,
           ख) बीमा प्रारम्भ भएको मितिले ६ वर्ष देखि(६ वर्ष लागे देखि) १० वर्ष भित्रमा मृत्यु भएमा, बीमाङ्कको १५० प्रतिशत,
           ग) बीमा प्रारम्भ भएको मितिले ११ वर्ष देखि (११ वर्ष लागे देखि)१५ वर्ष भित्रमा मृत्यु भएमा, बीमाङ्कको २०० प्रतिशत,
           घ) बीमा प्रारम्भ भएको मितिले १६ वर्ष देखि (१६ वर्ष लागे देखि) ३० वर्ष भित्रमा मृत्यु भएमा, बीमाङ्कको २५० प्रतिशत, 
२. बीमा अवधि भित्र अर्को बीमितको पनि मृत्यु भएमा माथि १ (क, ख, ग र घ) मा उल्लेख भए अनुसारको थप बीमाङ्क रकम ।
३. बीमा अवधि समाप्त हुने मितिसम्म दुई मध्ये एक बीमित मात्र जीवित रहेमा थप पूरै बीमाङ्क रकम । 
४.बीमा अवधि समाप्त हुने मितिसम्म दुवै बीमित जीवित रहेमा पूरै बीमाङ्क रकम र आर्जित बोनस ।
१६. यस योजनामा निम्नानुसार ऐच्छिक सुविधाहरु व्यवस्था गरिएको छ:
क) दुर्घटना मृत्यु लाभ(ADB) वा
ख) दुर्घटना मृत्यु लाभ (ADB), स्थाई अपाङ्ग/असक्त सुबिधा (PTD)
ग) दुर्घटना मृत्यु लाभ (ADB), स्थाई अपाङ्ग/असक्त सुबिधा(PTD)  एवं बीमाशुल्क छुट सुबिधा (PWB)

५. बीमालेख अन्तर्गत नपर्ने जोखिमहरु:
यदी बीमित/प्रस्तावकको मृत्यु प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा निम्न लिखित कारणबाट भएमा बीमालेख अन्तर्गत कुनै चुक्ता मूल्य रहेछ भने सो मात्र भुक्तानी हुनेछ। 
क) प्रचलित कानून बमोजिम अनुमति प्राप्त हवाई सेवाद्वारा संचालित नियमित मार्गमा यात्रु भई उडान गर्दा बाहेक अन्य उडान गर्दा । 
ख) कानूनको बर्खिलाप हुने गरी कुनै युद्ध जस्ता कार्य (युद्ध घोषित होस् या नहोस्) मा संलग्न भएमा ।
ग) नागरिक वा जंगी ऐन भंग गरेमा ।
घ) मगज बिग्रेको होस् या नहोस्, बीमा प्रारम्भ मिति/व्यतित बीमालेख पूनर्जागरण गरेको मितिले दुई वर्ष भित्र वा बीमालेख व्यतित भएको अवस्थामा ।