१. न्यूनतम प्रवेश उमेरः १८ वर्ष
२. अधिकतम प्रवेश उमेरः ६४ वर्ष सम्म
३. अधिकतम बीमा समाप्ति उमेरः ६५ वर्ष
४. बीमाशुल्क भुक्तानी गर्ने तरिका ः एकल
५. न्यूनतम बीमाशुल्क भुक्तानी अवधिः १ वर्ष
६. अधिकतम बीमाशुल्क भुक्तानी अवधि ः १५ वर्ष
७. न्यूनतम बीमाङ्क ः रु १०,०००।–
८ं अधिकतम बीमाङ्कः रु.३००,०००।–
९. यस बीमा योजना अन्तर्गत प्रदान गरिने सुविधाः
खण्ड | घटना | सुविधा |
| १ | बीमा अवधिभित्र जुनसुकै कारणबाट (बीमालेख अन्तर्गत नपर्ने जोखिमहरु बाहेक) बीमितको मृत्यु/दुर्घटना भएमा देहाय बमोजिमको रकम भुक्तानी दिइनेछ । | |
| क) | मृत्यु भएमा | अनुसूचीमा उल्लेखित बीमाङ्क रकम |
| ख) | दाह संस्कार खर्च | रु.१०,०००।– (दश हजार मात्र) |
| २ | बीमा अवधिभित्र दुर्घटनाको कारणबाट बीमितलाई देहाय बामोजिम भएमा बीमकले देहाय बमोजिमको रकम भुक्तानी दिइनेछ । | |
| क) | अ) स्थायी पूर्ण अशक्त भएमा, वा आ) निको नहुने गरी दुबै आँखाको दृष्टि पूर्ण क्षति भएमा, वा ई) दुबै हातको नाडी वा दुवै खुट्टाको गोली गाँठोको जोर्नी वा सो भन्दा माथि देखि शारीरिक रुपले काम नलाग्ने भएमा, वा | रु.१००,०००। |
| ख) | अ) एउटा आँखको दृष्टि पूर्ण रुपले क्षति भएमा, वा आ) एउटा हातको नाडी वा एउटा खुट्टाको गोली गाँठोको जोर्नी वा सो भन्दा माथि देखि शारीरिक रुपले काम नलाग्ने गरी क्षति भएमा, वा इ) बोल्ने क्षमता पूर्ण रुपले क्षति भएमा, वा ई) दुबै कानको सुन्ने शक्ति पूर्ण रुपले क्षति भएमा | ५०,०००। |
| उ) एउटा कानको सुन्ने शक्ति पूर्ण रुपले क्षति भएमा | २०,०००। | |
| ऊ) हातको बुढीऔंलाको पूर्ण रुपले क्षति भएमा | २०,०००। | |
| ए) हातको चोरी औंलाको पूर्ण रुपले क्षति भएमा | १५,०००। | |
| ऐ) हातको अरु कुनै औंलाको पूर्ण रुपले क्षति भएमा | ७,०००। | |
| ओ) खुट्टाको बुढी औंलाको पूर्ण रुपले क्षति भएमा | ५,०००। | |
| औ) खुट्टाको अरु कुनै औंलाको पूर्ण रुपले क्षति भएमा | ४,०००। | |
| खण्ड (२) मा उल्लेखित घटनाहरु मध्ये एक भन्दा बढि घटना भएमा बीमकको दायित्व प्रत्येक घटनाको लागि निर्धारित रकमको योगफल बराबर हुनेछ तर बीमकले भुक्तानी गर्ने रकम अनुसूचीमा उल्लेखित रु.१००,०००। भन्दा बढि हुने छैन (दाह संस्कार खर्च बाहेक) । | ||