Maitidevi - 30, Kathmandu
+977-1-4510115 / 4530270
asianlife@asianlife.com.np

Term Insurance - एशियन सामूहिक म्यादी

एशियन सामूहिक म्यादी

मुख्य विशेषताहरुः

१. न्यूनतम प्रवेश उमेर ः     १८ वर्ष  
२. अधिकतम प्रवेश उमेर ः    ६९ वर्षसम्म
३. अधिकतम बीमा समाप्ति उमेर  ः     ७० वर्ष
४. न्यूनतम बीमाङ्क  ः     रु १०,०००/–
५. अधिकतम बीमाङ्कः   रु.२०,००,०००/–
६. न्यूनतम बीमा अवधि ः  १ बर्ष        
७. अधिकतम बीमा अवधि  ः  १५ वर्ष
८. बीमाशुल्क भुक्तानी गर्ने तरिका   ः  एकल    
९. रकम भुक्तानी दिइने अवस्था ः 
क) बीमा अवधि भित्र बीमितको मृत्यु भएमा बीमाङ्क रकम भुक्तानी दिइनेछ ।
ख) बीमा अवधि समाप्तिमा बीमित जीवितै रहेमा कुनै रकम भुक्तानी दिइने छैन ।

१०.यस योजनामा निम्नानुसार ऐच्छिक सुविधाहरु व्यवस्था गरिएको छ ः
            क) दाह संस्कार खर्च (Funeral Expenses)
            ख) दुर्घटना मृत्यु लाभ(ADB)
            ग) दुर्घटना मृत्यु लाभ,स्थायी अपाङ्ग/अशक्त सुविधा (ADB,PTD,PWB)

१२. बीमालेख अन्तर्गत नपर्ने जोखिमहरु ः
क) प्रचलित कानून बमोजिम अनुमति प्राप्त हवाई सेवाद्वारा संचालित नियमित मार्गमा भाडा तिरी यात्रु भई उडान गर्दा बाहेक अन्य उडान गर्दा। 
ख) कानूनको बर्खिलाप हुने गरी कुनै युद्ध जस्ता कार्य (युद्ध घोषित होस् या नहोस्) मा संलग्न भएमा ।
ग) नागरिक वा जंगी ऐन भंग गरेमा ।
घ) मगज बिग्रेको होस् या नहोस्, बीमा प्रारम्भ मिति/व्यतित बीमालेख पूनर्जागरण गरेको मितिले दुई वर्ष भित्र वा बीमालेख व्यतित भएको अवस्थामा; आत्महत्या गरेमा ।
उपरोक्त जोखिमहरु बाहेक यस बीमालेखले विदेशमा प्रवास, यात्रा वा पेशा गर्न कुनै बाधा पुर्‍याउने छैन ।