प्रवेश उमेर ः १८ वर्ष देखि ६० वर्षसम्म
अधिकतम बीमा समाप्ति उमेर ः ७० वर्ष
बीमा अवधि ः १० देखि २० वर्ष
न्यूनतम बीमाङ्क ः रु. २५०,०००/–
अधिकतम बीमाङ्क ः प्रस्तावकको आर्थिक स्थितिको आधारमा गरिनेछ ।
बीमाशुल्क भुक्तानी गर्ने तरिका ः वार्षिक
बीमाशुल्क भुक्तानी अवधि ः बीमा अवधि समाप्तिसम्म वा बीमा अवधिभित्र बीमितको मृत्यु भएमा सो मितिसम्म ।
१. रकम भुक्तानी दिइने अवस्था
क) देहायको मिति सम्म बीमित जीवित रहेमा यस बीमालेखको शर्तहरुको अधिनमा रही देहाय अनुसार भुक्तानी गरिनेछ ः
अ) बीमा प्रारम्भ मितिले प्रत्येक बर्ष दिवशमा बीमाङ्कको ५% रकम, उक्त रकम बीमितको नविकरण बीमाशुल्क भुक्तानी गर्दा मिलान (Adjustment) गरिनेछ ।
आ) बीमा समाप्ति मितिमा बीमाङ्कको बाँकी रकम र आर्जित बोनश रकम ।
ख) बीमा समाप्त हुने मिति अगावै बीमितको मृत्यु भएमा बीमालेखको शर्तहरुको अधिनमा रहि बीमाङ्क रकम र आर्जित बोनश भुक्तानी दिइने छ ।
परिभाषाः
बोनश भन्नाले सिम्पल रिभर्सनरी बोनश (Simple Reversonery Bonus) र टर्मिनल बोनश (Terminal Bonus) लाई जनाउँछ । न्यूनत्तम १० वर्ष सम्म सकृय (Inforce) रहेको बीमालेखमा टर्मिनल बोनश समेत प्रदान गरिनेछ । टर्मिनल बोनशको लागि तोकिएको न्यूनतम अवधि पूरा भएको बीमालेख अन्तर्गत परिपक्व दाबी भुक्तानी, बीमा अवधि भित्र बीमितको मृत्यु वा बीमालेख समर्पण गरेमा रिभर्नरी बोनश सहित टर्मिनल बोनश प्रदान गरिनेछ ।
२. बीमाङ्क रकमको आधारमा बीमाशुल्क दरमा निम्न बमोजिम छुट गरिनेछ ।
ठूलो बीमाङ्कमा छुट
| बीमाङ्क | छुट |
| रु.५,००,०००/– देखि १०,००,०००/– सम्म | रु.१/– प्रति हजार छुट |
| रु.१०,०१,०००/– देखि माथि | रु.२/– प्रति हजार छुट |
३. यस योजनामा निम्नानुसार ऐच्छिक सुविधाहरु व्यवस्था गरिएको छ ः
क) दुर्घटना मृत्यु लाभ (ADB) स्थायी अपाङ्ग/असक्त सुविधा(PTD), बीमाशुल्क छुट सुविधा (PWB)
ख) एशियन क्रिटिकल केयर(Critical Care)
४. बीमालेख कर्जा ः यस बीमा योजना अन्तर्गत बीमालेख कर्जा प्रदान गरिने छैन ।
५. बीमालेख अन्तर्गत नपर्ने जोखिमहरु ः
यदी बीमितको मृत्यु प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा निम्न लिखित जुनसुकै कारणबाट भएपनि बीमालेख अन्तर्गत तिरिने रकम अनुसूचीमा उल्लेख गरेको बीमाङ्क बमोजिम नभई बीमालेखको कुनै चुक्ता मूल्य रहेछ भने सो मात्र भुक्तानी हुनेछ ।
क) प्रचलित कानून बमोजिम अनुमति प्राप्त हवाई सेवा द्धारा संचालित नियमित मार्गमा भाडा तिरी यात्रु भै उडान गर्दा बाहेक अन्य उडान गर्दा ।
ख) कानूनको बर्खिलाप हुने गरि कुनै युद्ध जस्ता कार्य (युद्ध घोषित होस् या नहोस्) मा संलग्न भएमा ।
ग) नागरिक वा जंगी ऐन भंग गरेमा ।
घ) मगज बिग्रेको होस् या नहोस्, बीमा प्रारम्भ मिति/व्यतित बीमालेख पूनर्जागरण गरेको मितिले दुई वर्ष भित्र वा बीमालेख व्यतित भएको अवस्थामा; आत्महत्या गरेमा ।
उपरोक्त जोखिमहरु बाहेक यस बीमालेखले विदेशमा प्रवास, यात्रा वा पेशा गर्न कुनै बाधा पुर्याउने छैन ।