Maitidevi - 30, Kathmandu
+977-1-4510115 / 4530270
asianlife@asianlife.com.np

Endowment Policies - भविष्य निधि(सावधिक)

भविष्य निधि(सावधिक)


भविष्य निधि(सावधिक) जीवन बीमा योजनाको विशेषताहरु
१.न्यूनतम प्रवेश उमेर     ः     १८ वर्ष  
२.अधिकतम प्रवेश उमेर    ः    ६५ वर्ष सम्म
३.अधिकतम बीमा समाप्ति उमेर     ः     ७० वर्ष
४.न्यूनतम बीमाशुल्क भुक्तानी अवधि     ः     ५ वर्ष 
५.अधिकतम बीमाशुल्क भुक्तानी अवधि    ः     ३० वर्ष
६.न्यूनतम बीमाङ्क     ः     रु. १,००,०००/–
७.अधिकतम बीमाङ्क    ः     प्रस्तावकको आर्थिक स्थितिको आधारमा गरिनेछ ।
८.बीमाशुल्क भुक्तानी गर्ने तरिका     ः     वार्षिक, अर्द्ध वार्षिक, त्रैमासिक र मासिक
९.बीमाशुल्क भुक्तानी अवधि    ः     बीमा अवधि समाप्तीसम्म वा बीमा अवधिभित्र बीमितको मृत्यु भएमा सो मिति सम्म ।
१०.यस योजना अन्तर्गत बीमा गर्दा, बीमा चाहने व्यक्तिको जोखिम रक्षावरणको लागि देहाय बमोजिमका २ वटा विकल्पहरु मध्ये कुनै एक विकल्प रोज्नु पर्ने र सोही बमोजिमको बीमाशुल्क दर तालिका प्रयोग गरी लाग्ने बिमाशुल्क गणना गरिनेछ । 
    विकल्प १ (गोल्डेन अप्सन):
        अ) बीमा प्रारम्भ मितिले ३ वर्षभित्र बीमितको मृत्यु भएमा बीमाङ्क रकम
       आ) बीमा प्रारम्भ मितिले ३ वर्ष पूरा भए पश्चात बीमितको मृत्यु भएमा बीमाङ्कको १५० (एक सय पचास) प्रतिशत रकम

    विकल्प २ (डाइमण्ड अप्सन):
        अ) बीमा प्रारम्भ मितिले ३ वर्षभित्र बीमितको मृत्यु भएमा बीमाङ्क रकम
        आ) बीमा प्रारम्भ मितिले ३ वर्ष पूरा भए देखि ५ वर्ष पूरा हुनु भन्दा अगाडी बीमितको मृत्यु भएमा  बीमाङ्कको १५० (एक सय पचास) प्रतिशत रकम
         इ) बीमा प्रारम्भ मितिले ५ वर्ष पूरा भए पश्चात बीमितको मृत्यु भएमा बीमाङ्कको २०० (दुई सय)  प्रतिशत रकम

११. बीमाशुल्क भुक्तानीको लागि प्रयोग गरिने फ्याक्टरहरु (Factors):
     

बीमाशुल्क भुक्तानी तरिकाफ्याक्टर 
वाार्षिक    १.०००
अर्द्ध वाार्षिक १.०२०
त्रैमासिक  १.०३५
  

१२. रकम भुक्तानी दिइने अवस्था 
      यस बीमा योजना अन्तर्गत देहायका अवस्थाहरुमा देहाय बमोजिम भुक्तानी दिइनेछ:
        क) बीमा समाप्ति सम्म बीमित जीवित रहेमा बीमालेखको शर्तहरुको अधिनमा रहि उक्त मितिमा बीमाङ्क र नियमानुसारको बोनश 
            एकमुष्ठ भुक्तानी दिइने छ ।
          ख) बीमा समाप्त हुने मिति अगावै बीमितको मृत्यु भएमा बीमालेखको शर्तहरुको अधिनमा रहि बीमितले रोजेको विकल्प 
             अनुसारको बीमाङ्क रकम र नियमानुसारको बोनश भुक्तानी दिइने छ ।

१३. यस योजनामा निम्नानुसार ऐच्छिक सुविधाहरु व्यवस्था गरिएको छ:
क) दुर्घटना मृत्यु लाभ(ADB), स्थायी अपाङ्ग/असक्त सुविधा(PTD), बीमाशुल्क छुट सुविधा(PWB) 
ख) एशियन क्रिटिकल केयर (Critical Care)

१४. बीमालेख अन्तर्गत नपर्ने जोखिमहरु:
    यदी बीमितको मृत्यु प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा निम्न लिखित जुन सुकै कारणबाट भएपनि बीमालेख अन्तर्गत तिरिने रकम अनुसूचीमा उल्लेख गरेको     बीमाङ्क बमोजिम नभई बीमालेखको कुनै चुक्ता मूल्य रहेछ भने सो मात्र भुक्तानी हुनेछ । 
    क) प्रचलित कानून बमोजिम अनुमति प्राप्त हवाई सेवाद्वारा संचालित नियमित मार्गमा भाडा तिरी यात्रु भई उडान गर्दा बाहेक अन्य उडान गर्दा। 
    ख) कानूनको बर्खिलाप हुने गरी कुनै युद्ध जस्ता कार्य (युद्ध घोषित होस् या नहोस्) मा संलग्न भएमा ।
    ग) नागरिक वा जंगी ऐन भंग गरेमा ।
    घ) मगज बिग्रेको होस् या नहोस्, बीमा प्रारम्भ मिति/व्यतित बीमालेख पूनर्जागरण गरेको मितिले दुई वर्ष भित्र वा बीमालेख व्यतित भएको अवस्थामा;     आत्महत्या गरेमा ।
    उपरोक्त जोखिमहरु बाहेक यस बीमालेखले विदेशमा प्रवास, यात्रा वा पेशा गर्न कुनै बाधा पुर्‍याउने छैन ।